२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न धादिङका हरिशम्शेरसहित ४ जना पक्राउ

२६ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट परिचालन भएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

प्रकाशित मिति : 14:38