घूस प्रकरणमा तानिएका न्यायाधीश बाबुकाजी बानियाँमाथि छानबिन गर्न समिति गठन
२ फागुन, काठमाडौँ । ५ लाख घूस प्रकरणमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि छानबिन गर्न न्याय परिषद्ले समिति गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बिहीवार बसेको न्यायपरिषद् बैठकले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।

सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका काठमाडौँ जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा न्यायाधीश बानियाँको आग्रहमा घूस लिएको बताएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुब्बा चालिसेविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने न्यायाधीश बानियाँमाथि छानबिन गर्न न्याय परिषद्मा पठाएको थियो ।
प्रकाशित मिति : 18:11







