ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय
२६ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ। सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई जमानीमा छाड्ने तयारी गरेको हो ।
सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताउनुभयो ।
प्रहरीले दुबै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यान सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। उहाँहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उहाँहरूलाई छाड्ने निर्णय भएको हो।
चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उहाँहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।
प्रकाशित मिति : 10:35









