बलेविरूद्ध अमेरिकी प्रहरीमा बलात्कारको जाहेरी दर्ता
२६ चैत, काठमाडौँ । सक्कीगोनी हास्य टेलिश्रृङ्खलाका कलाकार सागर लम्साल ‘बले’विरुद्ध अमेरिकी प्रहरीमा बलात्कारको जाहेरी दर्ता भएको छ । प्रहरीले जाहेरी लगत्तै अनुसन्धान सुरू पनि गरेको पीडित युवतीको पारिवारिक स्रोतले जनाएको छ ।

पीडित युवती आफैँले प्रहरी कार्यालयमा पुगेर जोहरी दर्ता एफआईआर दर्ज गराएकी हुन् । अब नेपाल प्रहरीसँगको सहकार्यमा अमेरिकी प्रहरीले बलात्कारको थप अनुसन्धान र कारबाही प्रकिया अघि बढाउने बुझिएको छ ।
यसअघि अमेरिका घुम्न गएको समयमा बलेले स्वास्थ्य समस्या व्यहोरीरहेकी साथीको छोरीमाथि बलात्कार गरेको विषय सार्वजनिक भएर पक्राउ परेका थिए । घटना एक वर्ष अघिको भए पनि पीडित युवतीले दुःख सार्वजनिक गर्न समय लागेको थियो । प्रहरीले बलेलाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : 08:21













