२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ चैत, काठमाडौं । घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्ढीराज दाहालविरुद्ध मुद्दा दायर भएको छ । विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस लिएर लुकाएको सूचनाका आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै बुधबार दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध ९३ हजार ८५० रुपैयाँ माग दाबीसिहत विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रकाशित मिति : 17:00