२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

कञ्चनपुरकाे पुनर्वासस्थित एक घरमा माटो मुनी गाडेर राखेकाे सुन यसरी बरामद गर्याे प्रहरीले

२ फागुन, कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । सुन माटो मुनी गाडेर राखिराखेको अवस्थामा पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले बरामद गरेको हो।

विशेष सुराकीका आधारमा काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), अपराध महाशाखा, जिप्रका कैलाली र कंचनपुर तथा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले बिहीबार पुनर्वास–२ दशरथबस्ती स्थित शंकर बिकको घरवाट १८ किलो सुन बरामद गरेकाे हाे ।

प्रहरीकाे टोलीले शंकास्पद घरमा गएर छापा मार्दा कोठामा स्टोर गरिएको आलुमुनी जमिनमा गाडेर राखेकाे अवस्थामा उक्त सुन बरामद गरेकाे हाे । प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने थप अनुसन्धान रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 17:04