कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ सुतेककाे अवस्थामा मृत भेटिए
२ फागुन, सिओल । दक्षिण कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ बुधबार बिहान सुतेकाे अवस्थामा मृत भेटिएका छन् । काेरीयाकाे फाजुमा विगत ८ वर्षदेखि धादिङका तामाङ कार्यरत रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिएका छन्।
तामाङ कोरियाको पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया आएका इपियस कामदार रहेको जानकारी प्राप्त भएकाे छ । गलबार साँझ सामान्य अवस्थामा सुतेका तामाङ बुधबार बिहान समयमा नउठेपछि हेर्दा सँगै बस्ने साथीहरुले उनलाई मृत अवस्थामा फेला पारेका थिए।
प्रकाशित मिति : 11:45









