१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

विवाद सल्टाउने शर्तमा अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको खुलासा

२ फागुन, काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस बुझेको आयोगका अन्य सदस्यले जनाएका छन् । पाठकले घुस बुझेकाे भिडियाे नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अन्य सदस्यले अाफुहरूले हेरेकाे बताएका छन् । अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले सो रकम लिएको भिडियोमा छ । पाठककाे घुस काण्डको भिडियो गोप्य रुपमा करिब नौ घण्टाको रेकर्ड गरिएको छ।

प्रकाशित मिति : February 14, 2019 at 11:28 am