एक लघुवित्तको ५ प्रतिशत बोनस सेयर डिम्याट खातामा
२३ चैत, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ।कम्पनीको गत पुस ३० गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न मिल्ने भइसकेको छ।
कम्पनीले पुस १७ गतेसम्म सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ । साथै, सो मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर खातामा जम्मा हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार १०:०१













