१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

शुक्रबार पनि सेयर कारोबार खोल्ने नेप्से सञ्चालक समितिको निर्णय

२३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार बजार खुला गर्ने निर्णय गरेकाे हो ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको पाँच दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।

यसअघि पनि सरकारले २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार खुला गरेको थियो। त्यस अवधिमा पनि साताको पाँच दिन सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेसँगै नेप्से पुरानै तालिकामा फर्किएको थियो।

प्रकाशित मिति : April 6, 2026 at 10:46 am