८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप

https://www.muktinathbank.com.np/online/loan-application

२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ परेका अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले  ५ दिन म्याद थप गरेको हो ।

 सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।

प्रकाशित मिति : April 5, 2026 at 5:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/