२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

महोत्तरीमा ढुंगा बोकेको टिपर पल्टिँदा १० जना घाइते

१ फागुन, बर्दिवास । महोत्तरीको बर्दिवासमा ढुंगा बोकेको टिपर पल्टिँदा दश जना घाइते भएका छन् । ढुङ्गा लोड गरिएको ना ३ ख नम्बरको टिपर  दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बीपी राजमार्ग हुँदै बर्दिवास आउँदै गरेको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई मुख्य चोकमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।

गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेहरुको बर्दिवासस्थित जनसेवा हस्पिटल र शुभस्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । ढुङ्गा लोड गरीएको टिपरबाट खसेको ढुङ्गाले लागेर राजमार्ग क्षेत्रमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । दुर्घटनाका कारण ५ वटा मोटरसाइकल र एउटा अटोरिक्सा पूर्ण रुपमा क्षति भएको छ ।

प्रकाशित मिति : 14:01