६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १६ लाख ठग्ने रिजेन पक्राउ

१७ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा निजलाई आज पक्राउ गरिएको हो ।

अभियुक्तलार्ई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित मिति : March 31, 2026 at 2:36 pm