२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

ग्राहकको रकम हिनामिना गरेको आरोपमा इन्भेष्टमेन्ट मेगा बैंककी कर्मचारी पक्राउ

१७ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा हिनामिनाको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं। ५ की सुनिता बानियाँलाई बैंककै उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ।

बैंकले आन्तरिक छानबिनपछि रकम हिनामिना भएको पुष्टि गरेपछि प्रहरीमा खबर गरेको थियो।  हाल उनी प्रहरीको हिरासतमा रहेको र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 31, 2026 at 1:11 pm