१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

कैलालीमा गोली चल्यो, फरार अभियुक्त पक्राउ

१ फागुन, कैलाली  । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।

हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो ।प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको कैलाली प्रहरी प्रमुख आभुषण तिम्सेनाले जानकारी दिए । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : February 13, 2019 at 12:17 pm