९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी

१६ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा एक व्यक्तिविरुद्ध उजुरी दिनुभएको छ ।

अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले सामाजिक सञ्जालमार्फत उजुरी दिएको जानकारी दिनुभयो ।

“मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ,”– अध्यक्ष साम्पाङले सार्वजनिक गरेको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : March 30, 2026 at 5:34 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/