२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मापसे गरेर रेस्टुरेन्ट मालिकलाई पेस्तोल ताक्ने असई पक्राउ

१ फागुन, काठमाडौं  । मध्यरातमा मापसे गरेर रेस्टुरेन्ट मालिकलाई पेस्तोल ताक्ने महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत नेपाल प्रहरीका असई कपिल शाही पक्राउ परेका छन् ।

मंगलबार काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टमा पुगेका शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर बसेको राती अबेरसम्म पनि उनीहरु बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।

होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित अर्का एक जना भुपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : 11:24