युवतीलाई जंगलमा लगेर बलात्कार गर्ने नेकपाका नेता झकबहादुर कुमाल जेलामा
१ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झकबहादुर कुमाल बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका छन । बलात्कारको अभियोग लागेपछि गत वैशाखबाट फरार रहेका कुमाल सोमबार आफैँले प्रहरीमा आत्मसमर्पण गरेपछि कुमाललाई थुनामा पठाइएको हो । नेता कुमाल तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष समेत हुन ।
कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो । कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा लगेर बलात्कार गरेपछि युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् ।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले बताएका छन । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उहाँले बताउनुभयो ।
उनले श्रीमान्ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर फर्कने क्रममा वैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व डेढगाउँको वनमा लगी ती युवतीलाई बलात्कार गरेका थिए । पीडित महिला भन्छिन, ‘बालीघाट पुलमा भेटेका वडाध्यक्ष कुमालले मोटरसाइकलमा बैंकसम्म पुर्याउनुभयो र फर्कने बेला बजारमा पुगेकी दिदीसँग जान्छु भन्दा उहाँले मै पुर्याइदिन्छु भनेर फेरि मोटरसाइकलमा बस्न लगाउनुभयो’ पीडित महिलाले भनिन्, ‘तर दिदीकहाँ मोटरसाइकल रोक्न आग्रह गर्दागर्दै पनि नरोकी जंगलमा लगेर मेरो इज्जत नै लुटियो ।’ कुमाल तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति : 08:00









