१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा

११ चैत, काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले सञ्चालक पदबाट राजीनामा दिनुभएको छ । बैंकको संस्थापक सेयरधनी समूहका तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको थापाले फागुन १५ गते देखि लागू हुने गरी राजीनामा दिनुभएको हो ।

थापाको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा स्वीकृत गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार ११:१९