पोखरा विमानस्थल भ्रष्टाचारमा २१ जनाविरुद्ध मुद्दा दायर, ४६ करोड बढी बिगो
८ चैत, काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले ठेकेदार कम्पनी चाइना सीएएमएमसी इन्जिनियरिङ र परामर्शदाता इआरएमसीरए(नटरस्लेटजेभी उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबी गरेकाे छ ।
प्रकाशित मिति : March 22, 2026 at 3:35 pm









