२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

चौरजहारी नगरपालिकाका प्रमुखसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

३ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। आयोगका अनुसार नगर प्रमुख पुष्प वादीले असिस्टेन्ट सब–इन्जिनियर पदमा कार्यरत मोहन शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको आरोप छ ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० मा शाहले नगर प्रमुखको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेपछि मात्रै करार म्याद थप गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ । पछि पुन: म्याद थपका लागि रकम माग्दा उपलब्ध गराउन नसकेपछि उनको करार नवीकरण नगरी हटाइएको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै नगर प्रमुखवादीविरुद्ध कैद, जरिवाना तथा घुस रकम जफत गर्न मागदाबी लिएको छ ।

यस्तै, घुस दिएको अभियोगमा मोहन शाहविरुद्ध पनि सोही ऐनअनुसार कारबाहीको माग गर्दै बिगो एक लाख रुपैयाँ कायम गरी कैद र जरिवानासहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : March 17, 2026 at 5:48 pm