त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो गाँजासहित २ भारतीय पक्राउ
३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४२ वर्षीय अब्दुल खालिक अब्दुल हानन्न सिद्धिकी र ४० वर्षीय रिजवान मोद युसफ रहेका छन् ।
करिब ३ किलो १ सय ६० ग्राम अवैध लागूऔषध गाँजासहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा अब्दुलको साथबाट २ किलो १ सय ग्राम र रिजवानको साथबाट १ किलो ६० ग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार १२:१६













