कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
३ चैत, काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्री गैन ल्याएको बैंकले जनाएकाे छ ।
बैंकले ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यालय काठमाडाैं–२ टंगालमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलवार ०९:२३













