९ कार्तिक २०८३, आइतबार | Mon Oct 26 2026

पाँच वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई सिटिजन्स बैंकको आग्रह

३ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पाँच वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको छ।

बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित सेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले उक्त आवको लाभांश लिन बाँकी कोही सेयरधनी भए यथाशीघ्र लाभांश बुझिलिन आह्वान गरेको हो।

लाभांश लिन बाँकी सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारको बाटुलेघरस्थित बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा आवश्यक कागजात तथा विवरणहरू सहित सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। साथै, तोकिएको अवधि नाघेपछि लिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले सूचनामा उल्लेख गरेको छ।

प्रकाशित मिति : March 17, 2026 at 9:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/