सिटिजन्स बैंकको १४ लाख ४४ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ ।
बिक्रीमा राखिएको सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनैपनि आवेदन नपरेको खण्डमा प्रचलित कानूनबमोजिम सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ०९:४०













