२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

हिमालयन बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२ चैत, काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।

बैंकले श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यथस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । सेयरधनीहरूले बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाडौंस्थित कानून विभागमा आवेदन दिन सकिनेछ ।

तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि  आवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार ०९:१८