१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

सशस्त्र प्रहरी निरीक्षकको नतिजामा महिला शून्य, परीक्षाको दोष कि प्रतिस्पर्धी कमजोर ?

२८ माघ, काठमाडाैँ । सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार माग संख्या अनुसार उत्तीर्णको संख्या न्यून देखिएको छ । लोकसेवा अायोगले लिएको परीक्षामा प्रहरी निरीक्षकका लागि २९४ जनाले लिखित परीक्षामा सहभागिता जनाएका थिए । जसमध्ये जम्मा ३४ जनाले परीक्षा उत्तीर्ण  भएका छन ।

उत्तीर्ण हुनेमा एक जना पनि महिला छैनन् । नतिजामा महिला शून्य देखिएका छन । महिला ४ जनाको माग भएकामा एक जना पनि उत्तीर्ण हुन नसकेको देखिएको छ । परीक्षामा महिला माग संख्याको दोब्बर सहभागी भएका थिए । लोकसेवाले पठाएको नतिजा सशस्त्र प्रहरी बलका तर्फबाट सोमबार साँझ सार्वजनिक भएको छ ।

महिला र पिछडिएको क्षेत्रमा माग संख्याको अनुपातमा नतिजा शून्य भएको छ ।  मधेशीमा पनि पाँभ जनाको माग भएकामा एक जना उत्तीर्ण भएका छन । खुल्ला र जनजातिमा भने माग संख्या पूरा हुने गरी प्रतिस्पर्धी उत्तीर्ण भएका छन ।

खुलामा २४ माग भएकोमा ३० जना छनौट भएका छन । त्यस्तै महिलाहरू चार जना माग भएकामा एक जना पनि उत्तीर्ण भएनन् । आदिवासी जनजातिमा ६ जनाको माग भएकोमा ८ जना उत्तीर्ण भएका छन । त्यस्तै मधेसी ५ जना माग भएकोमा १ जना उत्तीर्ण भएका छन । दलित ३ जना माग भएकोमा १ जना उत्तीर्ण भएका छन भने पिछडिएको क्षेत्रमाम १ जना माग भएकोमा कोही पनि उत्तीर्ण भएका छैनन् ।

लोकसेवा आयोगका प्रश्नपत्र सैद्धान्तिक बढी व्यवहारिक कम हुँदा माग संख्याको अाधारमा परीक्षामा सहभागी भएर पनि प्रतिस्पर्धी उत्तीर्ण हुन नसकेको देखिएको छ । लोकसेवाको प्रश्नहरू बढी बस्तुनिष्ठ बन्दा प्राविधिक अर्थात शारीरिक र मानसिक हिसाबले प्रहरी निरीक्षकका लागि योग्य भएका महिलाहरू पनि असफल हुन पुगेका छन । यसले लोकसेवा अायोगको खर्च त बढाउँछ नै सम्बन्धिक निकाएमा दरबन्दीहरूको रिक्तता समेत बढ्छ । यहाँ महिलाहरू यस्तो परीक्षामा असफल हुनुमा परीक्षाको दोष कि प्रतिस्पर्धी कमजोर ? भन्ने  प्रश्न  उठेको छ ।

प्रकाशित मिति : February 11, 2019 at 10:56 pm