पाँच डिएसपीको आकस्मिक सरूवा, दरमार्गमा बिनोद घिमिरे
२८ माघ, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को आकस्मिक सरूवा गरेको छ । प्रहरी प्रशासन सुधार्ने र धुमिलिएको प्रहरीको छवी सफा पार्न गृहमन्त्रीबाट अल्टिमेटम पाएका प्रहरी प्रमुख सर्वेन्द्र खनालले सोमबार पाँच डिएसपीको काज सरूवा गरेका हुन । प्रहरी प्रधान कार्यालयका अनुसार सरूवा पर्नेमा नविन कार्की, विनोद घिमिरे, महेन्द्र प्रसाद मरासिनी, कोमल बिक्रम शाह र भेषराज रिजाल रहेका छन ।
प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी विनोद घिमिरेलाई पठाइएको छ । दरबारमार्गका प्रमुख दानबहादुर मल्ल एसपीमा बढुवा भएपछि पाल्पामा कार्यरत डिएसपी घिमिरेलाई दरबारमार्ग पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटमा डीएसपी नविन कार्कीलाई पठाइएको छ । कार्की यसअघि कास्की जिल्लास्थित वडा प्रहरी कार्यालय बैदामका प्रमुख थिए । यसैगरी म्याग्दी जिल्लामा महेन्द्र प्रसाद मरासिनी, वडा प्रहरी कार्यालय बैदाममा कोमल बिक्रम शाह र दार्चुला जिल्लामा भेषराज रिजालको काज सरुवा भएको छ ।
प्रकाशित मिति : February 11, 2019 at 9:36 pm









