१ चैत्र २०८२, आईतवार | Sun Mar 15 2026

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ? 

१ चैत, काठमाडौं । एनआईसी एशिया बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर १ चैत गतेदेखि लागू हुने छ।

बैंकका अनुसार बचत खातामा अधिकतम ३.२५ प्रतिशतसम्म ब्याजदर उपलब्ध हुनेछ भने अन्य बचत खातामा करिब २.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनादेखि ३ वर्षसम्मको निक्षेपमा २.७५ प्रतिशत ब्याजदर तोकिएको छ। त्यस्तै ३ वर्षभन्दा माथि ५ वर्षभन्दा कम अवधिको निक्षेपमा ३.०० प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिमा ५.०० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।

संस्थागत मुद्दती निक्षेपमा भने ६ महिनादेखि ५ वर्षभन्दा कम अवधिमा २.७५ प्रतिशत र ५ वर्ष वा सोभन्दा बढी अवधिमा ४.०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १०:४१