१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

अख्तियारको आँखा राष्ट्रिय गौरवको आयोजनामाः प्रमुख आयुक्त घिमिरे

२८ माघ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्टाचारको शंकासहित राष्ट्रिय गौरवको आयोजनाको काममा निगरानी बढाएको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा सोमबार प्रमुख आयुक्त घिमिरेले राष्ट्रिय गौरवको आयोजनाको काम अनुकरणीय हुनुपर्ने मान्यताका आधारमा ती आयोजनामा निगरानी बढाएको जानकारी दिए ।

फाइल फोटो ।

उनले भ्रष्टाचार सबैको सत्रु भएकाले भ्रष्टचार नियन्त्रण सबैको साझा धारणा हुनुपर्ने बताए । घिमिरेले भने, ‘राष्ट्रसेवक कर्मचारीले आफ्नो काम राम्रोसँग सम्पादन गरेमा भ्रष्टाचार न्युनीकरण हुनेछ ।’ उनले सार्वजनिक सेवा, खरिद र निर्माण कानुन अनुसार भएमा भ्रष्टाचार निवारण हुने बताए । अख्तियार सार्वजनिक विकास निर्माणको बाधक नभई सहयोगी हो भन्दै घिमिरेले यस क्षेत्रमा भएका विकृति अन्त्य गर्ने कोशिसमात्र गरेको बताए ।

प्रकाशित मिति : February 11, 2019 at 8:40 pm