काठमाडाैंकाे पैँयुटारबाट ३३ लाख ७५ हजार बराबरको धनमाल चोरी
२९ फागुन, काठमाडौं । काठमाडाैंकाे पैयुटारबाट विभिन्न धनमाल चोरी भएकाे छ । तारकेश्वर नगरपालिका-६ नेपालटार पैयुटार डेरा गरी बस्ने नुवाकोट घर भएकी २३ वर्षीया पार्वती पौडेलको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ३३ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हाे ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १३:३५










