सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छः गोकुल बाँस्कोटा
२८ फागुन, काठमाडाैँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले एमालेको चिनियाँ नक्कल सुपरफ्लप भएको बताउनुभएको छ । पार्टीको नेतृत्व अझै सुधारको बाटोमा नदेखिएको संकेत गर्दै उहाँले नसच्याए अर्को पल्ट सकिने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘पाँचवर्ष अघि मैले भनेको थिए-यो नेकपाको क्लाईमेक्स र कोल्याप्सको समय हो । वाम पार्टी मिलेका थिए र जनतामा अभुतपुर्व उत्साह थियो । तर विचार, सगंठन र व्यवहार दुई मितको अधिनस्थ थिए र एकताको आधार कम्जोर। सोभियतसघबाट सिकिएन र चिनियाँ नक्कल सुपरफ्लप भयो । सक्किएको त छैन नसच्याए अर्को पल्ट सकिन्छ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार ०८:२०










