११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

कतिमा भयो होटल फरेस्ट इनको पहिलो कारोबार ?

२८ फागुन, काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा होटल फरेस्ट इनको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको १०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

फागुन २७ गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको २ करोड कित्ता नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ९० रुपैयाँ ६५ पैसादेखि २७१ रुपैयाँ ९५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : March 12, 2026 at 10:54 am