१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

धौलागिरी लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

२८ फागुन, काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । फागुन २७ गते बसेको संचालक समितिको बैठकले गत आवको लागि सेयरधनीहरुलाई कुनै लाभांश नबाँड्ने निर्णय गर्दै सेयरधनी निराश बनाएको हो ।

साथै सोही बैठकले आवको बाह्य लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण संचालक समितिबाट स्वीकृत भई वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : March 12, 2026 at 10:43 am