१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

नेविसंघ अध्यक्ष महरले किन दिदै छन् राजीनामा ? यस्ताे रहेछ कारण

२८ माघ, काठमाडौं  । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि पदबाट राजीनामा दिने भएका छन् ।

 महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन भन्दै राजीनामा दिन दबाब दिएकाे हाे । काँग्रेस केन्द्रीय समिति बैठक अाज पार्टी कार्यालय सानेपामा बसेकाे र बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी रहेकाे छ ।

महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेकाे स्राेतले जनाएकाे छ । माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए । महरले नेविसंघको केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँगको छलफलपछि के गर्ने भन्नेमा निर्णयमा पुगिने जनाएका छन् ।

प्रकाशित मिति : February 11, 2019 at 2:51 pm