१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

बोक्सी भन्दै कुटिकुटि बोक्सी स्वीकार्न बाध्य बनाइएकी एक महिला,  प्रहरीले पनि वास्ता गरेन

२८ माघ, सिरहा  । सिरहामा बोक्सी आरोपमा चार दिनअघि निर्घात कुटिएकी महिलालाई जवर्जस्ती बोक्सी स्वीकार्न बाध्य पारिएको पीडित  महिलाले बताएकी छिन् । घटना पछि मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा पुगेकी पीडित ५० वर्षीया बौवावती महतो र उनका पतिले पीडकहरुमाथि कारबाही गर्न माग गर्दै निवेदन दर्ता गरेकाेमा  प्रहरीले  रीत पूर्वकको जाहेरी नपरेकाले कारवाही अघि बढाउन नसकेको दावी गरेको छ ।

 पीडितले अहिले दिएको निवेदन अनुसार छलफल मात्र गराउन सकिन्छ, कानुनी कारबाहीको प्रकृया अगाडि बढाउन रीतपूर्वक जाहेरी दिनुपर्ने मिर्चैयाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।

प्रकाशित मिति : February 11, 2019 at 2:21 pm