२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

काठमाडौँ ४ मा रास्वपाका पुकार बमको फराकिलो अग्रता, राजनले पनि ल्याए १४७९ मत

२२ फागुन, काठमाडौँ । काठमाडौँ ४ मा रास्वपाका पुकार बमले फराकिलो मतान्तरमा अग्रता कायम गर्नुभएको छ । उहाँले ६२८२ मतसहित अग्रता लिनुभएको छ ।

कांग्रेसका सचिन तिमल्सिनाले १८९९ मत प्राप्त गर्दै दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका राजन भट्टराईले पनि १४७९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभएको छ ।

काठमाडौं क्षेत्र नं. ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका बडा नं. १,२,८ र ९ काे मत गणना सम्पन्न भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १०:१८