नबिल बैंकले सार्वजनिक गर्यो ‘नबिल व्यक्तिगत धितो कर्जा’
२० फागुन, काठमाडौं। नबिल बैंकले व्यक्तिगत आवश्यकतालाई सहज रूपमा पूरा गर्ने उद्देश्यसहित ‘नबिल व्यक्तिगत धितो कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार यो कर्जा योजना सरल प्रक्रिया र छिटो स्वीकृतिका आधारमा उपलब्ध हुनेछ ।
बैंकका अनुसार यस याेजनामा आकर्षक ब्याजदर, छिटो स्वीकृति प्रक्रिया तथा सजिलो भुक्तानी हुनेछ। ग्राहकहरूले घरायसी खर्च, शिक्षा, स्वास्थ्य, सवारीसाधन खरिदलगायत विभिन्न व्यक्तिगत प्रयोजनका लागि धितो राखी कर्जा लिन सक्नेछन्।
बैंकले कर्जा प्रक्रियालाई ग्राहक–मैत्री बनाउँदै आवश्यक कागजात पूरा भएपछि शीघ्र स्वीकृति दिने जनाएको छ। साथै, किस्ताबन्दी भुक्तानीको लचिलो व्यवस्था मिलाइएकाले आम ग्राहकलाई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास बैंकले लिएकाे छ।
प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार १७:४३










