२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

अवैध लागुऔषधसहित नेपाली सेनाका जवान ऐकन्द्र शाही पक्राउ

२७ माघ, काठमाडौं  । अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित नेपाली सेनाका बहालबाल जवान ऐकन्द्र शाही पक्राउ परेका छन् । कैलालीको वर्द गोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत शाहीलाई काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीका कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ । सगरमाथा गेष्ट हाउसबाट पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

प्रकाशित मिति : 17:18