१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलिउडका चर्चित भिलेन महेश आनन्द घरमै मृत भेटिए

२७ माघ, मुम्बई  । बलिउड उद्योगमा ८० र ९० को दशकका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ ।

अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो । उनले बलिउडका चर्चित कलाकार गोविन्दा, सनी देओल, सञ्जय दत्त, अमिताभ बच्चन र धर्मेन्द्रसँग काम गरिसकेका थिए ।

उनी बलिउडमा भिलेनको भूमिका निभाएका कारण निकै चर्चित थिए । उनले ‘कुरुक्षेत्र’, ‘कुली नम्बर वान’, ‘शहंशाह’, ‘स्वर्ग’, ‘थानेदार’, ‘आया तुफान’ र ‘प्यार किया नही जाता’ जस्ता फिल्ममा काम गरिसकेका थिए । एजेन्सी

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार १२:०२