प्रधानमन्त्रीज्यू, ढँटुवा पर्यटनमन्त्री अधिकारीलाई बर्खास्त गर्नुस्ः कृष्ण पहाडी
२६ माघ, बुटवल । ढँटुवा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी सर्मा अाेलीलार्इ अाग्रह गरेका छन् । संसदको सर्वोच्चता भएको मुलुकमा संसद्लाई नै झुट बोल्ने कुरा स्वीकार्य नहुने भन्दै पर्यटनमन्त्री अधिकारीलाई बर्खास्त गर्न पहाडीले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

पहाडीले अधिकारीलाई एक मिनेटपनि मन्त्री पदमा राख्न नहुने बताउँदै वाइडबडी काण्डमा रविन्द्र अधिकारीले संसदमा जे बोले, त्यो झुट सावित भएको दाबि गरेका छन् । संसद्लाई झुट कुरा बताउने व्यक्ति पदमा रहिरहन नपाउने भन्दै प्रधानमन्त्री ओलीलार्इ अधिकारीलाई अाफ्नाे क्याबिनेटबाट बाहिर निकाल्न अनुराेध गरेका छन् ।
प्रधानमन्त्रीले आफूहरुको माग नसुने प्रजातान्त्रिक परम्परा र संसदीय सर्वोच्चताबारे हरेक निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने उनले बताएका छन् । उनले सत्ताको उन्मादबाट कसैको कुरा नसुनेर अवमूल्यन नगर्न प्रधानमन्त्रीलाइ आग्रह पनि गरेका छन् ।
प्रकाशित मिति : 21:10









