१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

लक्ष्मी सनराइज बैंकको ३ लाख १६ हजार कित्ता सेयर बिक्रीमा

१५ फागुन, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३ लाख १६ हजार ३०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, तोकिएको समयावधिभित्र उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरुबाट कुनै पनि  लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानूनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार १०:०३