१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

नबिल बैंकको ७१ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१५ फागुन, काठमाडौं। नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७१ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकिएको छ । यसर्थ बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङबाट आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार ०९:४८