१४ फाल्गुन २०८२, बिहीबार | Thu Feb 26 2026

तारकेश्‍वरबाट करिब ५ लाख बराबरको धनमाल चोरी

१४ फागुन, काठमाडौं । तारकेश्‍वरबाट चोरी गर्ने एक जना पक्राउ परेका छन् । तारकेश्‍वर नगरपालिका-१० छन्त्याल चोक डेरा गरी बस्ने लम्जुङ घर भएका लिला परियारको कोठाबाट नगद तथा सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर समेत गरी करिब ५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार १३:०६