२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कमिशनखोरहरु कुनै पार्टीका हुँदैन जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन्ः  डा.भट्टराई

२६ माघ,नुवाकाेट । नुवाकोटको विदुरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा कमिशनखोरहरु कुनै पार्टी हुँदैन जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन् भन्दै  डा. बाबुराम  भट्टराईले मनबाे बह अाेकलेका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रष्टयाउदै भने, ‘कांग्रेस आए हाम्रा बाजे पनि कांग्रेसमा लाग्नुभएको थियो भन्छ्न् । कम्युनिष्ट आए मेरो त सबै सन्तान नै कम्युनिष्ट हो भन्छन् । त्यही वर्गले नै भष्टाचार गर्छ र कमिशनबाट कमाएको अलिकति नेतालाई बुझाउँछ र साथीहरु त्यसैबाट चुनाव जित्नु हुन्छ र सत्तामा जान्छन ।’

देश विकास गर्नका लागि हिजोको विचार र क्षमताले नपुग्ने देखेर नै आफूहरुले नयाँ र समृद्ध विचारको बिउ रोपेको डा.  भट्टराईले स्पष्ट पारेका छन् । ‘अाफुहरूले नयाँ बिउ रोपेकाे र नेपाललाई समृद्ध विकसित बनाउनका लागि नयाँ अभियान सञ्चालन गरेकाे बताउँदै सके साथ दिन र नसकेमा बाटो नछेक्न अनुराेध गरेका छन् ।

प्रकाशित मिति : 19:55