एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो साथी घर कर्जा योजना
१३ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक ब्याजदरमा नयाँ ‘साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराउने जनाएको हो।
बैंकका अनुसार घर खरिद, निर्माण वा पुनर्निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यो योजना ल्याइएको हो। निश्चित अवधिसम्म स्थिर ब्याजदरको सुविधा पाउने भएकाले ग्राहकले किस्ता व्यवस्थापन सहज रूपमा गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकलाई आजीवन निःशुल्क क्रेडिट कार्ड समेत प्रदान गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ। प्रतिस्पर्धी ब्याजदर, सरल प्रक्रिया तथा छिटो सेवा मार्फत ग्राहकलाई सहज वित्तीय समाधान उपलब्ध गराउने लक्ष्यसहित योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ। इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमार्फत थप जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १६:४१










