१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

ग्लोबल आईएमई बैंकले सुरु गर्यो एसएमएसमार्फत बैंकिङ सेवा

१३ फागुन, काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्राहकहरूका लागि एसएमएसमार्फत बैंकिङ सेवा उपलब्ध गराएको छ। बैंकले “बैंकिङ सेवा अब एसएमएस बाटै” भन्ने नारासहित नयाँ सेवा सार्वजनिक गरेको हो।

यस सेवामार्फत ग्राहकहरूले मोबाइलबाटै सजिलै विभिन्न बैंकिङ सुविधा लिन सक्नेछन्। बैंकका अनुसार एसएमएस तथा मिस्ड कल बैंकिङ सेवाबाट खाता सम्बन्धी जानकारी प्राप्त गर्न, बिल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न र वालेट लोड गर्न सकिनेछ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित र पहुँचयोग्य बनाउन यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विशेष गरी इन्टरनेट पहुँच सीमित भएका ग्राहकहरूका लागि SMS बैंकिङ उपयोगी हुने विश्वास बैंकले लिएकाे छ ।

ग्राहकहरूले सेवा प्रयोग गर्नका लागि बैंकमा दर्ता गराएको मोबाइल नम्बरमार्फत अनुरोध गर्न सक्नेछन्। थप जानकारीका लागि नजिकैको शाखा कार्यालय वा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार १३:४७