‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
१३ फागुन, काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह आज पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मङ्गलबार पक्राउ परेका हुन् । योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएकाे छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार ११:५९










