नबिल बैंकले सार्वजनिक गर्यो आकर्षक शैक्षिक कर्जा योजना
१२ फागुन, काठमाडौं । नबिल बैंकले देशभित्र तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आकर्षक शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ। यो योजना विद्यार्थी र अभिभावकलाई सहज, छिटो र भरपर्दो वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ ।
यस योजनामा अधिकतम ९ करोड रुपैयाँसम्म कर्जा सुविधा रहेको बैंकले जनाएको छ । यो योजनामा २० वर्षसम्मको EMI अवधि रहेको छ भने आवश्यक कागजात पूरा भएमा चाँडो स्वीकृति हुनेछ । यसको ब्याजदर आकर्षक र प्रतिस्पर्धात्मक रहेको र यो देशभरका २६५ शाखामार्फत सेवा उपलब्ध रहेको बैंकले जनाएको छ । यो कर्जा प्रक्रिया सरल र झन्झटमुक्त रहेको बैंकले जनाएको छ ।

यस योजनाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई आर्थिक बाधा कम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ। विशेषगरी विदेश अध्ययनका लागि आवश्यक ठूलो लगानीलाई ध्यानमा राख्दै उच्च कर्जा सीमा निर्धारण गरिएको बैंकले जनाएको छ।
प्रकाशित मिति : February 24, 2026 at 5:45 pm









