धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ६ जना गम्भिर
२६ माघ, धादिङ । धादिङमा बस दुर्घटनाहुँदा ८ जना घाइते भएका छन् भने ८ जनामा ६ जना गम्भिर घाइते भएका छन् । बस अनियन्त्रित भई भित्तामा ठोक्किदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । धादिङवेशीबाट नलाङतर्फ जाँदै गरेको बा ३ ख २७३१ नम्बरको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ मा दुर्घटना भएकाे विष्टले जनाएका छन् ।

दुर्घटनामा घाइते चालकसहित ८ जनालाई नै जिल्ला अस्पतालमा पुर्याइएको प्रहरी उपरीक्षक विष्टले बताए । उनीहरुमध्य गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

प्रकाशित मिति : 18:42









